उर्जा ,पर्यटन लगायतका विभिन्न क्षेत्रहरूमा लगानी गरी दिगो प्रतिफल र दिगो आर्थिक विकास गरी एकातिर लगानीलाई प्रतिफलमुखी बनाउनुको साथै यसबाट रोजगारी सृजना गरी राष्ट्र निर्माणमा योगदान पुर्याउन प्रतिबद्ध छौं।


पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एक पब्लिक लिमिटेड कम्पनी हो, जसले ऊर्जा, पर्यटन लगायतका विभिन्न क्षेत्रहरूमा लगानी गरी दिगो प्रतिफल र दिगो आर्थिक विकास सुनिश्चित गर्दै, एकातिर लगानीलाई प्रतिफलमुखी बनाउने र अर्कातिर रोजगारी सृजना मार्फत राष्ट्र निर्माणमा योगदान पुर्याउने लक्ष्यका साथ स्थापना भएको हो। कम्पनी रेजि. नं: २५८४०६/०७७/०७८ अन्तर्गत आधिकारिक रूपमा दर्ता गरिएको छ।
"सानो पूँजी, ठूलो अवसर राष्ट्र निर्माणमा" भन्ने नाराका साथ हामी साना लगानीकर्ताहरुलाई समेत ठूला र बहुआयमिक परियोजनाहरूमा सहभागी गराउने योजनासहित कार्य गर्दै आएका छौं। हाल हामीले ऊर्जा र पर्यटन क्षेत्रलाई प्रमुख लगानीको रुपमा अघि बढाएका छौं भने, निकट भविष्यमा थप बहुआयमिक र प्रतिफलमुखी परियोजनाहरूमा लगानी गर्ने दृढ संकल्पका साथ अघि बढिरहेका छौं।
हामी साना लगानीकर्ताको उद्देश्यपूर्ण लगानीमा विश्वास गर्छौं। छरिएर रहेका साना पूँजीधारकहरूलाई एकीकृत गरी ठूला परियोजनामा सहभागी गराउने हाम्रो उद्देश्यले परियोजनामा पर्न सक्ने पूँजीको अभाव हटाउने मात्र नभई, दीर्घकालीन आम्दानी हुने अवसरहरूमा साना लगानीकर्ताको पहुँच सुनिश्चित गर्न समेत सहयोग पुर्याउँछ।
हामी साना लगानीकर्ताहरूलाई हाम्रो साथ साझेदारी गरी, सामूहिक रूपमा दिगो प्रतिफल सुनिश्चित हुने परियोजनाहरूमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।
सामूहिक लगानीमार्फत स्थायित्व, विश्वसनीयता र समृद्ध भविष्य निर्माण हाम्रो प्रमुख उद्देश्य हो।
हाम्रो लगानीको मूल सिद्धान्त दीर्घकालीन प्रतिफल, न्यून जोखिम, र सामाजिक तथा आर्थिक प्रभावमा आधारित छ। हामी पारदर्शिता, उत्तरदायित्व र लगानीकर्ताको विश्वासलाई प्राथमिकता दिँदै, दिगो विकास सुनिश्चित गर्ने परियोजनाहरूमा मात्र लगानी गर्दछौं।
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडसँग जोडिनुहोस् प्रभावकारी वृद्धि र दिगो प्रगतिको यात्रामा। आउनुहोस्, अवसरहरू सिर्जना गर्न, अर्थतन्त्रलाई सुदृढ बनाउन र नेपालको उज्यालो भविष्य निर्माण गर्न सँगै सहकार्य गरौं।
POSTED BY